Logo
Logo

राप्रपा केन्द्रीय समितिमा ४० जना थप, मिश्रका विश्वासपात्र शरदराज बने महामन्त्री (सूची)


2.3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समति सदीयहरु थप गरेको छ । राप्रपाका अधयक्ष राजेन्द्र लिङ्देनले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्षका ४० जनालाई केन्द्रीय समितिमा समावेश गरेका हुन् ।

योसँगै मिश्रका विश्वासपात्र मानिएका शरदराज पाठक राप्रपाको महामन्त्रीमा मनोनित भएका छन् । पाठक यसअघि विवेकशील साझा पार्टीको प्रवक्तासमेत रहिसकेका छन् । रवीन्द्र मिश्रले विवेकशील साझा परित्याग गरेसँगै उनले पनि पार्टी छाडेका थिए । तर औपचारिक रुपमा कुनै पार्टीमा खुलेका थिएनन् ।

उनीसँगै अब राप्रपामा ६ जना महामन्त्री भएका छन् । राप्रपामा यसअघि नै धवलशमशेर जबरा, भुवन पाठक, राजेन्द्र गुरुङ, कुन्तीकुमारी शाही र प्रल्हाद साहले महामन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् ।

केन्द्रीय कार्य सम्पादन समितिमा मनोनीत हुनेहरू:

रवीन्द्र मिश्र

शरदराज पाठक – महामन्त्री

उज्वलकृष्ण श्रेष्ठ – सहमहामन्त्री

अमृत पुडासैनी – सहायक महामन्त्री

निरूपमा यादव

शोभा शाक्य

अनुपमान सैँजु

कर्ण बहादुर शाही

नारायण कोइराला

हरिकृष्ण अधिकारी

सौरेन्द्रबहादुर शाह

केन्द्रीय सदस्यहरू

अर्जुन प्रसाद खनाल

हरिप्रसाद गौतम

उद्दव प्रसाद भेटवाल

घनबहादुर शाह

चोकराज घिमिरे

जयप्रकाश गुरागाईं

दीप प्रसाद उप्रेती

मधुसुदन केसी

रञ्जन कार्की

रोशन शिवाकोटी

लक्ष्मणराज सिटौला

सुशील देवकोटा

दिनेश भण्डारी

माधव भण्डारी

पशुपति पाण्डे

शान्ता गिरी

लक्ष्मी घिमिरे

वसन्ती ज्ञवाली

विना शाह

विपना शर्मा

सरस्वती पन्थी भुषाल

सुशीला अधिकारी केसी

संगीता श्रेष्ठ

राजु बस्याल

प्रतिक्रिया दिनुहोस्