Logo
Logo

गठबन्धनको बैठक बस्दै, प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार होलान् देउवा ?


3.1k
Shares


काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । प्रमेख पदहरुको भागबण्डामा सहमति जुटाउन गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । यद्यपी बैठकको समय भने तय भइसकेको छैन ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा पुस १० गते सकिँदैछ । सोहीअनुसार नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनका नेताहरु सक्रिय बनेका हुन् ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रमुख पदहरुका भागबण्डामा सहमति जुटाउने प्रयास गरेका थिए ।

सत्ता गठबन्धनमा सरकारको पहिलो कार्यकालको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी प्रचण्डले गर्दै आएका छन् । यस्तै कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै पदको दाबी गर्दै आएको छ । एकीकृत समाजवादीले समेत राष्ट्रपतिमा दावी गरेको पृष्ठभूमिमा गठबन्धनमा सहमति जुटाउनका लागि प्रयास भइरहेको हो ।

बिहीबारको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कार्यकाल आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न सत्ता गठबन्धनभित्र औपचारिक प्रस्ताव गरेका थिए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको उक्त छलफलका क्रममा प्रचण्डले यस्तो प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ । प्रचण्डको उक्त प्रस्तावमा देउवाले छलफल गर्न सकिने जवाफ दिएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्