Logo
Logo

स्वास्थ्य मन्त्रालयले भन्यो- नयाँ स्वरुपको कोरोना भेटियो, मास्क अनिवार्य लगाउनू


2.5k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै फरक स्वरुपमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएको भन्दै अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेका हुन् ।

‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन् । तर, भारत, चीन लगायत केहि देशमा संकमणको ‘बिएफ ७’ भेरियन्ट फेला गरेपछि मन्त्रालयले सचेत गराएको हो ।

‘केही देशहरुमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गएको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानि बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ,’ मन्त्रालयले भनेको छ ।

छिमेकी मुलुकहरूमा देखिएको यस भाइरस नेपालमा भने पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्