Logo
Logo

प्रधानमन्त्रीका लागि देउवा-प्रचण्ड निर्णायक छलफलमा


8.5k
Shares

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ ।

देउवा र प्रचण्डबीच बालुवाटारमा ‘वापर सेयरिङ’का विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री दाबीका लागि राष्ट्रिपतिले तोकेको समय दुई दिन मात्र बाँकी रहेकाले देउवा र प्रचण्डबीच छलफल बाक्लिएको छ । दुवै प्रधानमन्त्रीका दाबेदार हुन् । दुवै दाबेदारको आजको बैठकलाई निर्णायक मानिएको छ ।

प्रचण्डले देउवासँग बारम्बार प्रधानमन्त्रीका लागि आफूलाई समर्थन गर्न आग्रह गरिरहेका छन् । त्यसरी नै देउवाले पनि आग्रह गर्दै आएका छन् ।

देउवा र प्रचण्ड दुवैले प्रधानमन्त्री दाबी गरेका कारण गठबन्धनभित्र पावर सेयरिङका विषयमा छलफल नै हुन पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्