Logo
Logo

सरकार गठनबारे देउवा र प्रचण्डबीच वार्ता हुँदै


945
Shares

फाइल फोटो

काठमाडौं । सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने भएको छ ।

शुक्रबार भएको छलफल निष्कर्षविहीन बने पछि आज पुनः छलफल हुन लागेको हो । स्रोतका अनुसार दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेपछि शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा सहमति हुन सकेको हो ।

शुक्रबारको छलफलमा गठबन्धनको नै सरकार बनाउने गरि छलफल भएको र दुवै दल त्यसमा सकारात्मक देखिएकोे स्रोतको भनाइ छ ।

प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् । तर, आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलि (आइतबार) सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्