Logo
Logo

कांग्रेस सांसदहरुलाई देउवाले बोलाए बालुवाटार


7.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीकासांसदरुलाई बालुवाटार बोलाएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार आज मध्यान्ह साढे १२ बजे कांग्रेस सांसदहरुको भेला प्रधानमत्री निवासमा हुँदैछ ।

Sher Bahadur Deuba

देउवा कांग्रेस संसदीय दलका नेता निर्वाचनपछि सांसदहरुको पहिलो भेला हुन लागेको हो । आजको भेलामा सरकार गठनबारे छलफल हुने बताइएको छ ।

निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन गर्ने विषयमा गठबन्धनभित्र सहमति जुटाउन सकस भइरहेको छ । यसैबेला प्रधानमन्त्री देउवाले पार्टीका सांसदहरुलाई छलफलका लागि बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्