Logo
Logo

रामचन्द्रलाई प्रचण्डले भने- कांग्रेसले प्रधानमन्त्रीमा सहयोग नगरे विकल्प खोज्छौं


13.9k
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् ।

शनिबार बिहान आफूलाई भेट्न खुमलटार पुगेका पौडेलसँग प्रचण्डले राष्ट्रपति कांग्रेसले लिएर आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह गरेका छन् ।

कांग्रेसले सरकारको नेतृत्व लिइसकेकाले यसपटकको पहिलो चरणको सरकारको नेतृत्व आफूलाई पाउनुपर्ने अडान उनले दोहोर्‍याएका हुन् । कांग्रेसले त्यसमा सहयोग नगरे विकल्पमा समेत जानसक्ने संकेत गरेको एक नेताले जानकारी दिए ।

‘शान्ति प्रक्रिया र गठबन्धनको मर्म तपाईं राम्रोसँग बुझ्नुहुन्छ । तपाईं राष्ट्रपति र म प्रधानमन्त्री बन्दा मलाई गर्व नै महसुस हुन्छ,’ पौडेललाई दहालले भने, ‘शेरबहादुरजीले डेढ वर्ष सरकार चलाइसक्नुभयो । यसपटक स्वाभाविक दाबी माओवादीको हो । त्यसमा तपाईंले सहयोग गर्नुहोस् । भएन भने कसरी अगाडि बढ्ने भन्ने कुरामा छलफल गर्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्