Logo
Logo

सरकार गठनबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै


1.8k
Shares

काठमाडौं । सरकार गठनबारे छलफल गर्नका लागि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै छ ।

गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरूलाई छलफलका लागि शनिबार ४ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

सरकार गठनका लागि राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकारको प्रधानमन्त्रीमा दाबी गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्रीमा गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्