काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले आज पनि जनताको ढाकरबाट ढाडले मुक्ति नपाएको बताएका छन् । काठमाण्डौमा आयोजित भोजपुरबाट निर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा किरातीले यस्तो बताएका हुन् ।
किरातीले भने, ‘आज जनताको अवस्था दयनीय छ । गाउँमा सडक पुगेको छ । तर त्यो नेताहरूलाई भोट माग्न जानलाई मात्रा काम दिएको छ । जनताको अवस्था साँझ के खाऊ, बिहान के खाऔं भन्ने छ । वास्ताविक नेपालको अर्थतन्त्र त्यो हो । आज किसानले समयमा मल बिउ पाएको छैन । बाँदर आतङ्कको कुरा मेरो नेतालाई सुनाउँदा छक्क पर्छन् । यो खाले राजनीति र विकासको मोडेलले जनताको दैनिकीमा राहत ल्याउँदैन ।
किरातीले फरक प्रसङ्गमा भने, ‘आज सांसद र संसद् छुटाउन न सक्नेहरू पनि संसद्मा आएका छन् । भन्नै पर्दा वडाध्यक्ष को हैसियत न हुनेहरू सांसद बनेर आएका छन् । जीवनभर राजनीतिमा योगदान गर्नेहरू किनारा लाग्नु परेको छ । तर त्यो अवस्था आउन पनि हामी नै जिम्मेवार छौँ । किनकि चुनाव जितेपछि हामीले मतदाता बिर्सिएका छौं । जनताको समस्या भुलेका छौँ पञ्चायत र राजा बनेका छौँ यो सच्याउन जरुरी छ । अब कांग्रेस र कम्युनिष्ट मिलेर मात्रा विकास र समृद्धिको दिशामा अगाडि बढ्न सकिन्छ ।’