Logo
Logo

एमाले सुदूरपश्चिम दलको नेतामा रावल र पाठकको चर्चा, कसले मार्लान् बाजी ?


1.3k
Shares

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेता छान्ने तयारी गरेको छ । त्यसका लागि राजेन्द्र रावल र धर्मराज पाठक दलको नेता बन्ने चर्चा सुरु भएको छ ।

रावल एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज हुन् भने पाठक प्रदेश सचिव हुन् । दुबै जना समानुपातिक मार्फत प्रदेश सभा सदस्य हुन् । यस पटक रावल र पाठक मध्येबाट एक जना संसदीय दलको नेता बन्ने सम्भावना बढी रहेको एमाले नेताहरूको दाबी छ ।

सुदूरपश्चिम प्रदेशमा एमालेका प्रत्यक्ष तर्फका ३ जना र समानुपातिक तर्फबाट ७ जना गरी १० जना प्रदेश सभा सदस्य छन् । देश सभा सदस्यहरूको लागि १५ गते पद तथा गोपनीयताको शपथ ग्रहणको तयारी भइरहेको छ ।

त्यो भन्दा अघि नै दलको नेता छनोट गरिने प्रदेश सचिव पाठकले जानकारी दिए । उनका अनुसार आज भोलिमै प्रदेश समितिले यस विषयमा छलफल अघि बढाउने छ र संसदीय दल भित्रै नेता छनोट गरिने छ ।

प्रतिक्रिया दिनुहोस्