Logo
Logo

बालुवाटारमा झलनाथको ‘इन्ट्री’


8k
Shares

काठमाडौं । राष्ट्रपतिले दिएको समयसीमा सकिन केहि घण्टा बाँकी रहँदा सत्ता गठबन्धनका नेताहरु निर्णायक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी नछोडे पनि सहमति जुटाउने प्रयासमा नेताहरु लागेका हुन् ।

बालुवाटारमा देउवा, प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भइरहेकोमा समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि थपिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका खनालले पनि राष्ट्रपतिमा दाबी गर्दै आएका छन् । तर पद भागवण्डामा सहमति नजुट्दा सत्ता गठबन्धनको भविष्यलाई लिएर प्रश्न उठ्न सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्