Logo
Logo

राष्ट्रपतिसमक्ष प्रचण्डद्वारा बहुमतको प्रधानमन्त्री दाबी


29.9k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनाउने प्रस्ताव राष्ट्रपति कार्यालय शितल निवासमा दर्ता भएको छ । १६६ जनाको हस्ताक्षरसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

नेकपा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थनसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबेदारी पेस गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार ७ दिनको समयसीमा तोक्दै प्रधानमन्त्रीमा दाबेदारी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए ।

राष्ट्रपतिले दिएको समयसीमा आज (आइतबार) अपराह्न ५ बजे सकिँदैछ । समयसीमा सकिनुअगावै सहमति गरेर ७ दलले प्रस्ताव पेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्