Logo
Logo

‘एनआईबिएल ग्रोथ फण्ड’ निष्काशन


441
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, कोष प्रवर्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने पाँचौ योजना ‘एनआईबिएल ग्रोथ फण्ड’ को पौष ०७ गतेबाट प्राथमिक निष्काशन भएको छ ।

निष्काशन पौष १२ गतेसम्म रहने छ भने माग बमोजिम आवेदन नआएमा निष्काशन पौष २१ गते बैंकिङ समयसम्म लम्बिने छ । यस योजनाको आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहेको छ र यो संगै अहिले सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन गर्ने म्युचुअल फण्ड योजना रहेको छ ।

म्युचुअल फण्डले प्रति इकाई अंकित मुल्य रु १० दरको १६ करोड इकाई मध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल तथा १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट बैंकको लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात ३ करोड २० लाख इकाई सुरक्षित राखि बाँकी न्युनतम १२ करोड ८० लाख इकाई सार्वजनिक रुपमा बिक्रीमा ल्याएको हो ।

कुल १० बर्ष अवधी रहेको एनआईबिएल ग्रोथ फण्डले उक्त अवधिभर बार्षिक प्रतिफल (Effective Annual Return) को रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।

‘एनआईबिएल ग्रोथ फण्ड’का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयावधि सम्म दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने व्यहोरा क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्