Logo
Logo

प्रचण्ड प्रधानमन्त्री नियुक्त, शपथ भोलि


8.3k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नियुक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आइतबार साँझ संविधानको धारा ७६ (२) अनुसार प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

शपथ ग्रहण सोमबार अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको शपथ ग्रहण समारोह आयोजना गरिने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्