Logo
Logo

नयाँ गठबन्धनको बैठक बस्दै, भागबण्डा टुंग्याउने तयारी


7.4k
Shares

काठमाडौं । नेकपा एमाले नेतृत्वमा बनेको नयाँ गठबन्धनको बैठक बस्दैछ । सरकार गठनका लागि नयाँ समीकरण बनेसँगै पहिलोपटक सातदल र तीन स्वतन्त्र सांसद मिलेर बनेकाे गठबन्धनको बैठक बोलाइएको हो ।

विकसित राजनीतिक परवेश र अबको भूमिकाबारे रणनीति बनाउँन गठबन्धनका शीर्ष नेताको बैठक दिउँसो ११ बजे संघीय संसद भवन बानेश्वरमा बस्न लागेको एक नेताले बताए ।

एमाले, माओवादी, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति र जनमतसमेत ७ दल र स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।

गठबन्धनमा प्रधानमन्त्री, राष्ट्रपति र सभामुख बाहेकका पदमा भागबण्डा टुंग्याउन बाँकी छ । आइतबारको बालकोट बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने र साढे २ वर्षको आलोपालोमा माओवादी–एमालेले प्रधानमन्त्री लिने सहमति बनिसकेको छ ।

अब उपराष्ट्रपति, उपसभामुखलगायतका संवैधानिक पद साथै प्रदेशसम्म प्याकेजमा सहमतिको प्रयासमा गठबन्धनका दलहरू लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्