Logo
Logo

प्रचण्डलाई समर्थन गर्ने पार्टीको निर्णयप्रति रास्वपा नेताको असहमति (पत्रसहित)


10.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्की असहमति जनाएका छन् ।

हिजो आइतबार मात्र रास्वपासहित ७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका छन् । सात दलका १६६ र र ३ स्वतन्त्र गरी उनलाई १६९ सांसदको समर्थन छ । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेसँगै रास्वपा पनि सरकारमा सहभागी हुने तयारी छ । तर उक्त निर्णयप्रति रास्वपाका केन्द्रीय सदस्य कार्कीले पत्रमार्फत असहमति जनाएका हुन् ।

कार्कीले पार्टीलाई पठाएको पत्रमा लेखेका छन्, ‘सत्ता स्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेर आमनागरिकहरूको निराश मनस्थितिमा हामी अलग छौँ, अलग रहनेछौँ र अलग गर्नेछौँ भनेर मत मागेका थियौँ । चुनावको परिणाम आउँदै गर्दा हतार हतारमा हामी पनि उनीहरु जस्तै छौँ भन्न ‘आफ्नै कान किन आफैले चिर्न थाल्यौँ?’ यो प्रश्नको जवाफ मसँग छैन ।’

२५ जनाको मन्त्रिपरिषद हुने नेपालमा प्रतिनिधिसभामा मात्रै २७५ जना सांसद छन् । उनले भनेका छन्, ‘मन्त्री नभई केहि गर्नै नसकिने भाष्य निर्माण गर्ने हो भने त्यसले मन्त्री हुनबाट बाँकी रहने २५० सांसदको उपस्थितीलाई अर्थहिन, बेकाम्मेभन्छ कि भन्दैन ? यसको जवाफ छैन मसँग ।’

प्रतिक्रिया दिनुहोस्