काठमाडौं । ब्यूटी सैंलुन फेसियल हाउसले स्थापनाको १५औँ वार्षिकी मनाएको छ । आइतबार एक कार्यक्रमबीच फेसियल हाउसले वार्षिकी मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, विशेष अतिथि नेपाल सुन चाँदी तथा रत्न आभुषण संघका अध्यक्ष जोत्सना श्रेष्ठ, नेपाल राट्रिष्य उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, राजनीतिक विष्लेसक प्रकाश रायमाझीलगायत कलाकर पत्रकारको बाक्लो उपस्थिति थियो ।
१५ वटा केक काट्दै सेलिव्रेशन गरिएको बार्षिकोत्सवमा महराले आगामी दिनमा फेसियल हाउसलाई नेपालका ७७ वटै जिल्लामा बिस्तार गर्ने योजनासमेत रहेको सुनाइन् ।
महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सयौंको संख्यामा महिला दिदि बहिनीहरुलाई रोजगारी दिनु सामान्य कुरा नभएको बताईन् । उनले महिला चम्बरले फेसियल हाउस संग सहकार्य गर्ने समेत बताइन् ।
कार्यक्रममा बोल्दै यो अवधिमा पार्लरको ब्राण्ड अन्तर्राष्ट्रियरुपमा बनाउन सफल भएको राष्ट्रिय उपभोक्तता मञ्चका अध्यक्ष प्रेमलाल महजनले बताए । उनले केही वर्ष अगाडी फेसियल हाउस बन्द नै गर्ने किसिमको प्रहार भएको स्मरण गर्दै सुष्मा महराको अत्मा विश्वासका कारण फेसियल हाउसमा १५औं वार्षिक उत्सब मनाउन सफल भएको बताए ।
राजनीतिक विश्लेषक प्रकाश रायमाझीले धमाधम मानिषहरु विदेश पलायन भैरहेको बेला रोजगारी युक्त ब्यवसाय गर्नु नै पौरखि हातहरु भएको र यस्तै पौरखी हातहरुको प्रयासले देश समृद्धितिर जाने बताए ।
सबै प्रकारका सौंन्दर्य सेवा एकै ठाउँमा प्राप्त गर्न सकिने फेसियल हाउसमा गुणस्तरीय सौन्दर्य सामाग्री प्रसोधनगरी मात्र प्रयोग गरिने भएकाले सबै ग्राहकको पहिलो रोजाइमा पर्दै आएको छ । अनुभवी तथा दक्ष सौन्दर्यकर्मीबाट सेवा प्रदान गरिने यो ब्युटिपार्लरका सेवाहरु सबै उत्कृष्ट छन् ।
अनुहार र कपालमा रहेका समस्यालाई फेसियल हाउसकी सञ्चालक एवंम बरिष्ठ सौंन्र्यविद सुष्मा महरा आफैले स्कीन टेस्ट हेयर टेस्ट हेर्ने भएकाले पनि समस्या लिएर आउने ग्राहकहरुको भिड बढिरहेको छ । फेसियल हाउसमा गरिने हेयर स्ट्रेट र हेयर कलर पनि लामो समयसम्म टिक्ने सेवाग्राही बताउँछन् ।
चाडपर्वको अवसर पारेर ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्दै आएको फेसियल हाउसले सौंन्दर्यको क्षेत्रमा आएका नयाँ–नयाँ टेक्नोलोजीहरुलाई पनि उत्तिकै प्राथमिकतामा राखेका कारण यसप्रति ग्राहकको आकर्षण बढेको हो ।
फेसियल हाउसले नेपालका विभिन्न ठाउँमा आफ्नो शाखा बिस्तार गरिरहेको छ । प्रधान कार्यालय काठमाडौंको सुन्धारामा रहेको फेसियल हाउसले सिटिसी मल, चावहिल, पोखराको टे«ड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीबाट आफ्नो सेवा दिइरहेको छ ।
काठमाडौंको काठमाडौं मलबाट एकैपटक ८० जना भन्दा बढी सेवाग्राहीलाई सेवा दिइरहेको फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा वरिष्ठ सांैन्दर्यविद् सुष्मा महाराले जानकारी दिएकी छन् ।
ट्याटू रिमुुभर, लेजर मेसिन, हेयर, व्यूटी र स्किन केयर मेसिन, स्किन टेष्ट, कृत्रिम परेला प्रत्यारोपण(आईलाईसिस एक्टेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअफ, पेयर सिन, डेडलक, हाईट्रा फेसियल जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधिहरु फेसियल हाउसमा उपलब्ध छन् ।