Logo
Logo

नेपाली सेनाका प्रमुख सेनानी मृत फेला


6.3k
Shares

सुर्खेत । जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रुपाखेती मृत फेला परेका छन् । उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

परिवारका सदस्य आएपछि रुपाखेतीको शव पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको सुर्खेतका एसएसपी माधव श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्