![](https://www.drishtinews.com/wp-content/uploads/2022/12/karnlai-pradesh.jpg)
सुर्खेत । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
जेष्ठ सदस्य विनोद कुमार शाहले सोमबार सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण गर्नुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए ।
शाहले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् । शाह सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवाहक सभामुख भएर अध्यक्षता ग्रहण गर्ने छन् ।