Logo
Logo

माधवलाई साक्षी राखेर प्रचण्डद्वारा पुष्पलालप्रति श्रद्धा अर्पण


49.1k
Shares

काठमाडौं । नेकपा एमालेसँगको सहकार्यमा प्रचण्ड प्रधानमन्त्री बनेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको दुई वर्ष लामो सत्ता यात्रा तत्कालका लागि टुंगियो ।

एमाले विभाजनसँगै बनेको एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णयमा पुग्यो । एमालेले र अन्य दलका मन्त्रीसहित प्रचण्डले मन्त्रिपरिषद् गठन गरे ।

मन्त्रिपरिषद् गठनसँगै पदभार पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री प्रचण्ड नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालप्रति श्रद्धा अर्पण गर्न पुष्पलाल पार्क पुगे ।

पुष्पलाल पार्क पुग्दा प्रचण्डको साथमा सहयात्री दल एमालेका अध्यक्ष केपी ओली थिएनन् । बरु, प्रचण्डले सत्ता बाहिर रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई साथमै लगे । महासचिव वेदुराम भुसाल र उपमहासचिव गंगालाल तुलाधर लगायत एकीकृत समाजवादीका नेता प्रचण्डसँगै देखिए ।

परिस्थितिले प्रचण्डलाई एमालेसँगको सहकार्यमा पुर्याए पनि माओवादी र एकीकृत समाजवादीको सम्बन्धको आयाम बेग्लै देखिन्छ । तत्कालीन नेकपामा आन्तरिक विवाद सरु भएसँगै प्रारम्भ भएको प्रचण्ड–माधव सम्बन्ध आजसम्म  प्रगाढ देखिन्छ ।

भविष्यमा एउटै पार्टी बनाउने लक्ष्यसहित अघि बढेका माधवलाई पुष्पलालप्रति श्रद्धा अर्पण गर्न जाँदा सहभागी गराएर प्रचण्डले ‘हामी सँगै छौँ’ भन्ने सन्देश दिन खोजेको देखिन्छ ।

त्यसो त प्रचण्डले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने प्रयत्न गरिरहेका छन् । तर, एकीकृत समाजवादीले भने यस विषयमा के निर्णय गर्छ हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्