Logo
Logo

सरकारले जनमत समेटेको छ- प्रधानमन्त्री


3.2k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वमा नवगठित सरकारले भर्खरै सम्पन्न आमनिर्वाचनको मतादेश समेटको दाबी गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि प्रतिकृया दिँदै अध्यक्ष प्रचण्डले एमाले, माओवादीसहित अन्य दलको समेत सहभागितामा सरकार गठन भएकाले सरकारले मतादेश समेटेको बैठकले निष्कर्ष निकालेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने– ‘भर्खरै सम्पन्न आमनिर्वाचनले जुन मतादेश दिएको छ सोहीअनुसार सरकार गठन भएको छ । त्यसैले, यो सरकारले मतादेश समेटको छ ।’

मन्त्रिपरिषद् बैठकले सुशासनतर्फ अघि बढ्न अवलम्बन गर्नुपर्ने सबै विधि र प्रकृया अवलम्बन गर्नेसमेत निर्णय गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

उनले भने– ‘हामीले सुशासनतर्फ अघि बढ्ने नीति संकल्प गरेका छौं । जनताका सानासाना समस्याहरू जस्तै, राहदानी प्राप्ति समस्या, लाइसेन्सका लागि लामो लाइन बस्नुपर्ने जस्ता समस्याहरू समाधान गर्दै अघि बढ्ने संकल्प गरेको छौं ।’

बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने समेत निर्णय गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्