Logo
Logo

प्रि-ओपन सेसनमा नेप्से ४.७२ अंकले उकालो


756
Shares

काठमाडौं। आज मंगलबार कारोबारको सुवाती चरण (प्रि-ओपन सेसन) मा सेयर बजार उकालो लागेको छ । ४.७२ अंकले उकालो लागेको नेप्से सूचक १९२८.८१ विन्दुमा आएको छ ।

४१ कम्पनीको कुल ९ हजार ८७२ कित्ता सेयर खरिदबिक्री भएको र ३५ लाख २८ हजार ३९९ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३३ कम्पनीमा उकलो लागेको छ भने जम्मा एकको मूल्य घटेको र ७ कम्पनी स्थिर रहेको छ । सुरुवाती चरणमा नै सिद्धार्थ बैंक र हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भइरहेको छ ।

साथै, स्वाबलम्बन लघुवित्त वित्तिय संस्था, गरिमा विकास बैंक, रसुवागढी जलविद्युत् कम्पनी र अधिखोला लघुवित्त बित्तिया संस्थाको २ प्रतिशतले मूल्य वुद्धि भएको छ । यता, १३ उपसूचकहरूमध्ये ३ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै कम्पनीहरूमा हरियाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्