Logo
Logo

उद्योग बिभागमा बेथिति, महानिर्देशकभन्दा उपसचिव शक्तिशाली


2.1k
Shares

काठमाडौं । उद्योग विभागमा महानिर्देशक रामचन्द्र तिवारीलाई नै माथ गर्नेगरी विदेशी लगानी शाखामा अनियमितता बढेको छ । विदेशी लगानी भित्र्याउने उद्योग तथा श्रमिकका लागि ‘वर्कपरमिट’ सिफारिस गर्ने उक्त विभागका पछिल्ला गतिबिधिमाथि प्रश्न उठ्न थालेको छ । विदेशी लगानी शाखाको निर्देशकमा सुरेश श्रेष्ठ हुँदाखेरी नै अनियमितताका बारेमा चर्चा हुने गरेको थियो । तर चाडपर्व, निर्वाचनका कारण उक्त चर्चा चर्चामै सीमित हुन पुग्यो । सेवाग्राहीहरु उक्त शाखाबाट घुस नदिएसम्म कामै नहुने गुनासो लिएर बालुवाटारसम्म पुगेका छन् ।

उद्योग विभागक महानिर्देशक रामचन्द्र तिवारी

निवर्तमान उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुको गृहजिल्ला दार्चुला भएकै कारण विदेशी लगानी शाखाजस्तो आकर्षक ठाउँको निर्देशकमा पुग्न सफल भएका शंकर धामीले उक्त शाखा सम्हालेपछि अनियमितताको ग्राफ झन् बढेर गएको छ । हरेक फाइलमा पैसाविना निर्णय तथा सिफारिस नै नगर्ने स्वभावका धामी विवादास्पद छविका कर्मचारी हुन् । भौतिक पूर्वाधार मन्त्रालयबाट उद्योग विभाग पुगेका धामी शाखा अधिकृत हुँदा पनि उद्योग विभागमै कार्यरत रहेका थिए ।

त्यसबेला पनि उनको छवि विवादित रहेको स्रोतले बतायो । मन्त्री बडुको रवाफ दिएर विभागमा पछिल्ला दिनमा उनले महानिर्देशक तिवारीदेखि अन्य कर्मचारीहरुको हुँदैनभएका कुराहरु पनि मन्त्रालयमा लगाउने गरेको मन्त्रीनिकट स्रोतले बताएको छ । सचिवालयमा पुगेर धामीले केही दिनअघि शाखा मातहत प्राविधिक मेकानिकल इन्जीनीयर रिक्त भएको हुँदा खटाइदिन आग्रह गरेका थिए । धामीलाई सहयोग गर्ने मूल पात्र ह्ुन्, शाखा अधिकृत लिला काफ्ले ।

उद्योग मन्त्रालयको कर्मचारी प्रशासन शाखामा लामो समय बसेर आफैंले टिप्पणी उठाएर आफ्नै सरुवा विभागमा गराउन सफल भएका काफ्ले माओवादी निकट कर्मचारी मानिन्छन् । तर कांग्रेसकै पालामा विभागमा सरुवा मिलाउन सफल भएका काफलेले विदेशी लगानी जस्तो आकर्षक शाखामा पुग्न सफल भए ।

कतिपय शाखा अधिकृतहरु बरन्डा र घरेलु शाखामा बर्षौदेखि हल्लिरहेको अवस्थामा काफ्ले यस्ता पात्र हुन् जो विभाग हाजिर भएकै भोलिपल्ट विदेशी लगानी शाखामा पदस्थापन मिलाउन सफल भए । मन्त्रालयमा हुँदा जनकपुर चुरोट कारखानाको सम्पर्क कर्मचारीको समेत भूमिका निर्वाह गरेका काफ््लेले अधिकृत हुँदै सरकारी गाडी चढ्ने भाग्यमानी बनेका थिए । जबकि, सहसचिवले बाहेक अरुले सरकारी गाडी सुविधा पाउँदैनन् । बन्द रहेको जनकपुर चुरोट कारखानाको मन्त्रालयको तर्फबाट सहसचिवले हेर्दैआएका थिए । सहसचिव हुँदै अहिले उक्त कारखानाको कुनै जानकारी लिनुपरेमा मन्त्रालय तथा अन्य निकायले काफ्लेको सहयोग लिनुपर्छ ।

विभाग सरुवा भए पनि उनले जचुकालिको सुविधा लिन नछाडेको स्रोतको दाबी छ । विभागमा सरुवा भएको कर्मचारी कसरी मन्त्रालयको तर्फबाट बन्द भएको चुरोट कारखानाको प्रतिनिधित्व गरिरहेका छन्, उद्योगका कर्मचारी नै आश्चर्यमा परेका छन् । रोचक पक्ष त के छ भने काफ्लेले उक्त सरकारी सवारी साधन विभाग जाँदा पनि सानका साथ चढिरहेकै छन् । शाखा अधिकृत भए पनि काफ्ले आफैं गाडी चलाएर महानिर्देशकजस्तै रवाफ देखाएर उनी विभागमा जाने गर्दछन् । जुन दृश्य देखेर गाडी प्रयोग गर्दैआएका निर्देशक तहका कर्मचारीहरु कर्मचारी हुनु काफ्ले जस्तो भाग्यमानी भन्ने चर्चा गर्दछन् ।

गाडी विभागको कुनातिर राखेर कार्यकक्षमा पुग्ने गरेका काफ्ले विदेशी लगानी मात्र होइन, सबै शाखाका काम गर्ने कर्मचारीमा पर्दछन् । प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइर्ई) र ब्यवसायिक परियोजनाको प्रतिवेदन बनाउनेदेखि लिएर विभागमा भईपरी आउने सबै काम फत्ते गरिदिन्छु भनेर उद्योगीहरुसँग डिल गर्ने गर्दछन् । ८ घन्टे कार्यालय समयमा मुस्किलले २ घन्टाजति मात्र उनी कार्यकक्षमा भेटिन्छन् ।

सबै शाखाको काम मिलाउने अभिभारा आफ्नै मात्र हो जस्तो ठान्ने काफ्लेलाई अर्का शाखा अधिकृत पवन गुप्ताले पनि सहयोग गर्ने गरेका छन् । उनी अनुमति शाखाका यज्ञ अर्याल लगायतसँग पनि कामका लागि उत्तिकै सम्पर्कमा रहने गरेका छन् । अनुमति शाखाका निर्देशक घनश्याम उपाध्याय भने निर्देशक भएर पनि नासु नासुको टेबुलमा दैनिकजसो फाइलको रेकर्ड डायरीमा टिप्ने गरेको उद्योग मन्त्रालयमा समेत चर्चा हुने गरेको छ ।

रोचक पक्ष त के छ भने विभागमा महानिर्देशकदेखि तल्लो तहका सुब्बासाबहरु सबैको प्यारो बन्न सफल काफ्लेले जे गरे पनि छुट जस्तै छ ।

प्रतिक्रिया दिनुहोस्