Logo
Logo

बुटवलमा डिएसपीको आतंक


3.7k
Shares

इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी ठगबहादुर केसी आइतबार बेलुका प्रहरी हेडक्वार्टरको टोलीबाट समातिए । अवैध सुन र नगदसहित उनलाई पक्राउ गरिएको छ । व्यापारीहरुलाई धम्काएर लाखौं असुलेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । निवर्तमान गृहमन्त्री बाकलृष्ण खाणको आडमा उनले यस्तो आतंक मच्चाएका थिए ।

खाण समूहकै संरक्षणमा बुटवलमा लामो समयदेखि अर्का डिएसपीले पनि आतंक मच्चाउँदै आएका छन् । उनी हुन् बुटवलस्थित सशस्त्र प्रहरीको फरवार्ड बेशमा डिएसपी सुरज पाण्डे । सामान्यतया सुरक्षा बेशमा ६/६ महिनामा कमान्डर परिबर्तन हुन्छ, तर पाण्डेको हकमा यो लागू भएको छैन । किनकि खाण निकट गिरोहले उनीसँग मिलेर रुपन्देहीमा तस्करीको सेटिङ मिलाएको छ । बालकृष्णका भाइ रामकृष्ण तथा स्थानीय व्यापारी मिलेर रुपन्देहीमा तस्करीको लाइन खुलाउँदै आएका छन् ।

पाण्डे इन्सपेक्टर हुंदा पनि त्यही बेशमा थिए भने डिएसपी भएको ९ महिना पुगिसक्दा समेत त्यही कार्यरत छन् । २ बर्ष देखि एकै ठाउँमा कमान्ड गरेर संगठनको नितिनियमलाई नै उनले चुनौती दिएका छन् । गृह मन्त्रालयबाट खाण हटेपछि एमाले र माओवादी नेतासँग सेटिङ मिलाउन डिएसपी पाण्डे लागिसकेका छन् । उनले तस्करीबाट अकुत सम्पत्ति आर्जन गरिसकेको सशस्त्र प्रहरीका एक कर्मचारी बताउँछन् ।

उता बिओपी वीरगंजका इन्सपेक्टर रबिन्द्र भट्टलाई मुख्यालय ताने पनि उनी बिओपि नै फर्कन सफल भएका छन् । केही दिन अघि तानिएका पर्साका एसपी तेजप्रसाद पोखरेल भने मुख्यालयमै थन्किएका छन् । शेरबहादुर देउवा निकट समूहबाट पावर लगाएर इन्सपेक्टर भने फर्कन सफल भएका हुन् ।

उता संगठनलाई नै बदनाम गराउने एसपी त्रिभुवन विष्ट पनि पुरस्कृत भएका छन् । दार्चुलामा हुँदा रासनकाण्डमा मुछिएका उनलाई कैलाली तालिम केन्द्र पठाइएको छ । त्यहाँभित्रको काण्ड बाहिर ल्याउँदा हवल्दार जेल गएका थिए । सोही विषयमा उनलाई गणबाट हटाइएको थियो । भानु देउवाकै पावर लगाएर उनी तालिम केन्द्र गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्