Logo
Logo

प्रदेश १ मा एमाले नेतृत्वमा नयाँ सरकार बन्ने सभावना


3.8k
Shares

विराटनगर । प्रदेश १ मा एमाले नेतृत्वमा नयाँ सरकार बन्ने सभावना बढेर गएको छ । केन्द्रमा माओवादी केन्द्र र एमालेको नयाँ गठबन्धन बनेसँगै प्रदेश १ मा एमाले नेतृत्वको नयाँ सरकार बन्ने सम्भावना बढेर गएको हो ।


केन्द्रीय राजनीतिमा ‘युटर्न’ आएपछि प्रदेश १ मा अब एमालेको नेतृत्वमा माओवादी, जसपा र राप्रपा गठबन्धनको नयाँ सरकार बन्ने देखिन्छ ।


प्रदेश १ मा एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुने प्रबल सम्भावना छ । किनभने प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले हो ।
प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय रहेको छ । यहाँ बहुमतको सरकार गठनका लागि ४७ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।
प्रदेश १ मा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको एक मत छ । त्यसैगरी कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ गरी मत छ ।


एमाले, माओवादी, राप्रपा र जसपाको गरी प्रदेश १ मा ६० मत हुन्छ । जुन सरकार बनाउन पर्याप्त संख्य हो । यहाँ राप्रपा र जसपाले साथ नदिए पनि एमाले र माओवादीको ५३ सिट पुग्ने भएकाले सुविधाजनक बहुमत पुग्नेछ ।


माओवादीले पनि यो प्रदेशमा मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । यो प्रदेशमा वर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बो माओवादीबाट मुख्यमन्त्रीका आकंक्षी छन् । तर, त्यो सम्भावना कम छ । किनभने ४० सिट जितेर सबैभन्दा ठूलो दल बनेको एमालेले मुख्यमन्त्री मात्र नभएर सभामुख पनि दाबी गरिरहेको छ ।


तर, प्रदेश १ मा एमाले नेतृत्वमा सरकार बनेमा माओवादीले सभामुख आफूले पाउनुपर्ने दाबी गर्नेछ । सभामुखमा शंखुवासभाबाट निर्वाचित माओवादी सांसद राजेन्द्र कार्कीको चर्चा छ । तर, एमालेले पनि पूर्व संघीय सांसद रेवतीरमण भण्डारीलगायतलाई सभामुखका लागि अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्