Logo
Logo

कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित


8.9k
Shares

काठमाडौं । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ ।

संघीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागेसम्म गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको जनाएको हो । गुरुङ बिहीबार सांसद पदको शपथमा सहभागी भएका थिए ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका गुरुङले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ ।

प्रतिक्रिया दिनुहोस्