Logo
Logo

तमु सञ्चारकर्मी संघद्वारा ६ जना पत्रकार पुरस्कृत


504
Shares

चितवन । तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल (एट्जोन)ले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

हरेक वर्ष वितरण हुने ‘तमू पत्रकारिता पुरस्कार’बाट विभिन्न शीर्षकमा देशभरका ६ जना पत्रकार तथा सञ्चारकर्मीहरूलाई पुरस्कृत गरिएको संघका अध्यक्ष रवीन गुरूङले जानकारी दिए ।

‘छत्रमान सिंह–कमला गुरूङ पत्रकारिता पुरस्कार’बाट कान्तिपुर टेलिभिजनका भूपाल गुरूङ (कास्की) र एभरेष्ट एफएमका दीपेन्द्र श्रेष्ठ (पोखरा)लाई प्रदान गरिएको छ । उनीहरुलाई जनही २० हजार एक रुपैयाँ नगद प्रदान गरिएको छ ।

यस्तै ‘भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट टिभी कालिकाकी गीता गुरूङ (चितवन)लाई प्रदान गरिएको छ । ‘लक्ष्मी गुरूङ पत्रकारिता पुरस्कार’ ग्यालेक्सी फोरके टेलिभिजनका देवराज गुरूङ (ताप्लेजुङ)लाई प्रदान गरिएको पुरस्कार छनौट समितिका संयोजक एवम् तमू सञ्चारकर्मी संघ नेपालका पूर्वअध्यक्ष डण्ड गुरूङले जानकारी दिए ।

तमू ल्होसार मूल आयोजक समितिले उपलब्ध गराउँदै आएको ‘तमू पत्रकारिता पुरस्कार पुरस्कार’ भने बिएफबिएस रेडियोका धनजंग गुरूङ (काठमाडौं)लाई प्रदान गरिएको छ । ‘तमू आदिकवि हर्क गुरूङ स्मृति पुरस्कार’ मुकुन्दसेन टेलिभिजनकी शीला गुरूङ (नवलपुर)लाई प्रदान गरिएको छनौट समितिका संयोजक गुरूङले जानकारी दिए ।

शीलाले पाउने पुरस्कार भने माघ ११ गते स्याङ्जामा हुने कार्यक्रममा प्रदान गरिने संघका केन्द्रीय सचिव चित्र ‘सोल्टी’ गुरूङले जानकारी दिए ।

कास्कीका गुरूङ र श्रेष्ठबाहेक सबैलाई जनही १० हजार एक रूपैयाँ नगद प्रदान गरिएको छ । पुरस्कृत व्यक्तिहरूलाई आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरूङमार्फत पुरस्कारको राशि र सम्मानपत्र प्रदान गरिएको हो ।

प्रमुख अतिथि गुरूङले तमू पत्रकारको लागि पुरस्कार स्थापना गरिदिने उद्घोष गरेका छन् ।
कार्यक्रममा तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङ विशिष्ठ अतिथि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्