Logo
Logo

बागलुङमा तीन घण्टाभित्र तीन वटा भूकम्प


1.1k
Shares

काठमाडौं । बागलुङ केन्द्रबिन्दु भएर बुधबार राति तीन वटा भूकम्प गएका छन् ।

बुधबार बिहानका राति १ बजेर २३ मिनेटमा बागलुङको अधिकारी चउर केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यस लगत्तै २ बजेर ७ मिनेट जाँदा खुङ्गा केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

सँगै बिहान ३ बजेर २८ मिनेटमा अधिकारी चउर नै केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्