Logo
Logo

भारतमा बढ्यो कोरोना संक्रमण


4k
Shares

काठमाडौं । भारतको राजधानी दिल्लीमा कोभिड १९ संक्रमण दर बढ्न थालेको छ । पछिल्लो तीन दिनमा गरिएको चेकजाँचमा ३९ जनामा कोभिडको नयाँ संक्रमण पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाहिरबाट आएकाहरुमा बढी पोजेटिभ संक्रमण देखिएको चिकित्सकको भनाइ छ ।

दिल्लीमा मंगलबार थप १९ संक्रमित फेला परेका छन् । दिल्लीमा कोभिड १९ संक्रमण दर फैलिन थालेपछि दिल्ली सरकारले विशेष सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । दिल्ली सरकारले संक्रमण दर फैलिन नदिन सबै सावधानी अपनाइरहेको जनाएको छ । दिल्लीमा पछिल्लो समय कोभिड संक्रमण दर ०.४४ प्रतिशत भएपनि संक्रमण बढ्दैगएकाले सावधान हुनुपर्ने बताएको छ ।

विदेशबाट दिल्ली आएका कुल १ हजार ७८० जनाको चेकजाँच जर्दा ३९ जना पोजेटिभ भेटिएको दिल्ली सरकारले जनाएको छ । उनीहरुको उपचार भइरहेको छ । दिल्ली एयरपोर्टमा गरिएको चेकजाँचमा म्यानमारबाट आएका ४ जनामा कोभिड संक्रमण भेटिएको सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोभिडबाट सतर्क रहन देशबासीमा आग्रह गरेका छन् । भारत सरकार त्यसविरुद्ध लड्न आफ्नो तयारी गरेको उनले बताएका छन् । दिल्लीमा पछिल्लो संक्रमित संख्यासहित अहिलेसम्म २० लाख ७ हजार १७५ संक्रमित संख्या पुगिसकेको छ ।

त्यहाँ अहिलेसम्म २६ हजार ५२१ जनाले ज्यान गुमाइसकेका छन् । कोभिडको नयाँ भेरियन्ट बीएफ ७ संक्रामक भाइरस भएकाले छिटो एकबाट अर्कोमा सर्ने चिकित्सकहरुको भनाइ छ । भारत सरकारले सबै नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्