Logo
Logo

बागमती प्रदेशसभाका ज्येष्ठ सांसदको शपथ आज


756
Shares

काठमाडौं । बागमती प्रदेशका नवनिर्वाचित जेष्ठ सदस्यको शपथ ग्रहण आज हुँदैछ । दिउँसो २ बजे हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा जेष्ठ सदस्यको शपथ हुने प्रदेश सचिवालयले जनाएको छ ।

प्रदेशसभाका ११० सांसदमध्ये जेष्ठ सदस्यको रुपमा नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले शपथ गर्दैछन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउने छन् । त्यसपछि उनले प्रदेशसभाका अरु सांसदलाई शपथ गराउनेछन् ।

प्रतिक्रिया दिनुहोस्