Logo
Logo

सरकारलाई दिएको समर्थन कायम राख्न रविन्द्र मिश्रले राखे तीन सर्त


31.6k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले तीन अवस्थामा मात्र सरकारलाई दिएको समर्थन कामय रहने बताएका छन् । मिश्रले सामाजिक सञ्जालमार्फत तीनवटा सर्त पूरा भएमात्रै सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिन सकिने बताएका छन् ।

राप्रपासहित ७ दल र तीन स्वतन्त्र सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका भइसकेका छन् । बहुमतको सरकार बन्न नसक्ने अवस्थामा प्रचण्ड नेतृत्वको सरकारलाई १४ सांसद रहेका राप्रपाले समर्थन गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत भने लिन बाँकी छ । तर, त्यसको फाइदा उठाउँदै प्रचण्डले संसदमा विश्वाको मत लिनुभन्दा अघि नै तीन सर्त तेर्साएका हुन् । मिश्रको पहिलो सर्त– पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस वा नेपाल दिवस घोषणा गर्नुपर्ने ।

दोस्रो–संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधान सभाले जनतासँग धर्म निरपेक्षताबारे संकलन गरेको जनमतको यथार्थ विवरण सार्वजनिक गरिनुपर्ने ।

तेस्रो– उच्चस्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने ।

उनले यी तीन सर्त पूरा नभए सरकारलाई दिएको समर्थनलाई फिर्ता लिने स्पष्ट पारेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले सरकारमा नजाने स्पष्ट पारिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्