Logo
Logo

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सानदार जित


1.1k
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले नटिङहम फरेस्टमाथि ३–० को सानदार जित निकालेको हो ।

युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्थोनी मार्सियाल र फ्रेडले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलको १९औं मिनेटमा रासफर्डको गोलबाट युनाइटेडले १–० को अग्रता लिएको थियो । उनले क्रिष्टियन एरिक्सनको पासमा गोल गरेका थिए । २२औं मिनेटमा रासफर्डको पासमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

४०औं मिनेटमा रायन याटेसले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा नटिङहम गोल अन्तर कम गर्नबाट चुक्यो । त्यसपछि खेल सकिन तीन मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी फ्रेडले गोल गर्दै युनाइटेडको सहज जित पक्का गरे ।

७७औं मिनेटमा एरिक्सनको स्थानमा मैदान छिरेका फ्रेडले मैदान छिरेको १० मिनेटमा गोल गर्न सफल भएका थिए । यस जितसँगै युनाइटेड १५ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्