Logo
Logo

आरआरमा खुकुरी प्रहार, चार जना घाइते


4.5k
Shares

काठमाडौं । आरआर क्याम्पसमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका नेताहरुबीच झडप भएको छ ।

बुधबार स्ववियु निर्वाचनका विषयमा छलफल गर्ने क्रममा निस्किएको विवादले उग्र रुप लिँदा आर.आर क्याम्पसका अध्यक्ष मदन भन्डारी र नेता समिप बडाल पक्षधरबीच झडप भएको हो ।

आन्तरिक विवाद हुँदा खुकुरी प्रहारबाट ४ विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियु आर.आर क्याम्पसका अध्यक्ष भन्डारी ,उपाध्यक्ष लोकेश्व खड्का, पवन खड्का र हर्क बोहरा रहेका छन् ।

उनीहरूको अहिले काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

खुकुरी प्रहार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्ण गिरि, झलक तामाङ, द्रुतराज लामा र सविन निरौला रहेका छन् ।

संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा उनीहरुबीच विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्