Logo
Logo

सरकारलाई समर्थन गर्न माधवलाई प्रधानमन्त्रीको आग्रह


4.7k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आफु नेतृत्वको सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।

एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्ने हेतुले बुधबार बिहान अध्यक्ष नेपालसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन् ।

नेकपा एसनिकट एक नेताले प्रधानमन्त्री प्रचण्डले वर्तमान समीकरण र सरकारबारे धारणा मागेको बताए । ‘प्रधानमन्त्रीले वर्तमान समीकरण र सरकारबारे अध्यक्षज्यूको धारणा माग्नुभयो । उहाँले यो सरकारलाई नकारात्मक दृष्टिकोणले हेर्नुपर्ने कुनै कारण नरहेको बताउनुभयो,’ उनले भने ।

नेता नेपालले सरकारलाई हेर्ने नजर नकारात्मक नभएको बताएपछि प्रचण्डले समर्थनका लागि प्रस्ताव गरेको ती नेताले बताए ।
‘सरकारलाई हेर्ने नजर सकारात्मक हो भने ढिला नगरि मलाई समर्थन गर्नुस् । त्यसदिन हतारमा मैले खबर गर्न सकिनँ यसलाई मनमा नलिनुस्,’ प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग भने ।

नेता नेपालले उक्त प्रस्ताव पार्टीको औपचारिक बैठकमा लगेर निर्णय लिने बताएका छन् । साथै उनले गत पुस १० गते बालुवाटारबाट बाहिरिने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासको छलफलमा जाऔँ नभन्नु आफ्नो गल्ती भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्