Logo
Logo

दुई वर्षपछि पहिलोपटक खुमलटार पुगे केपी ओली


3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

पाँच दलीय सत्ता गठबन्धन टुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली आज खुमलटार पुगेका हुन् । उनी दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् ।

यसअघि नयाँ गठबन्धन निर्माणका क्रममा प्रचण्ड आइतवार ओली निवास बालकोट पुगेका थिए । प्रधानमन्त्री बन्ने प्रचण्डको अडानले ओली निवासमै सात दलीय नयाँ गठबन्धन निर्माण भएको थियो ।

त्यहाँ प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड र ओलीबीच मन्त्रिमण्डल विस्तार र भावी सहकार्यबारे छलफल हुने बताइएको छ ।
ओली अहिले बनेको गठबन्धनलाई बलियो बनाएर अगाडि लैजाने योजनामा छन्।

यसअघि नेकपा खारेज हुनुअघि ओली खुमलटार गएका थिए। त्यसयता दुई वर्षसम्म यी नेताबीच संवाद हुन सकेको थिएन । तर आफ्नै बलमा प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली खुमलटार पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्