Logo
Logo

कांग्रेस संस्थापन इतरको निष्कर्ष- सत्ता लिप्साले गठबन्धन टुट्यो


4.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरले सत्ता लिप्साका कारण पाँच दलीय गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् । बुधबार बसेको इतर समूहको बैठकले यस्तो निष्कर्ष निकालेकोे हो ।

बैठकपछि नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाको टिम अपरिपक्क र स्वार्थमा केन्द्रित सत्ता लिप्सामा केन्द्रित भएकाले गठबन्ध टुटेको निष्कर्ष निकालिएको जानकारी दिए ।

उनले अहिले देखिएको राजनीतिक घटना क्रमले पार्टीमा नैराश्यता उत्पन्न भएको बताए । ‘जुन खालको घटनाक्रम भयो त्यो दुःखद र अपरिपक्क, स्वार्थमा केन्द्रित र सत्ता लिप्सामा आधारित देखियो । जस पार्टीमा नैराश्यता जन्माएको छ ।’

बैठकमा इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, दिलेन्दप्रसाद बडू, हृदयराम थानी, सरिता प्रसाईंलगायतका नेताहरु सहभागी थिए ।

महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्र सदस्य प्रदीप पौडेललाई भने बोलाइएको थिए । इतर समूहले । सभापति देउवाले पाँच दलीय गठबन्धन टिकाउन नसकेको भन्दै राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्