Logo
Logo

एमालेलाई ४ मुख्यमन्त्री, माओवादीलाई २, मधेसमा कसको ?


14k
Shares

काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ ।

सरकारको नेतृत्व गरेको दल नेकपा (माओवादी केन्द्र)का नेताहरु नेकपा (एमाले)लाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् । एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ ।

माओवादीले लुम्बिनी र सुदूरपश्चिमको मुख्यमन्त्री लिने देखिएको एक नेताले जानकारी दिए । मधेस प्रदेशमा जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्