काठमाडौं । चीनको हेनान प्रान्तमा एकैसाथ दुई सय वटा गाडी आपसमा ठोक्किएर दुर्घटना भएको छ । सो दुर्घटनामा एक जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
चिनियाँ समाचार च्यानल सीसीटीभीले उल्लेख गरेअनुसार हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुप्रिएका छन् । सीसिटीभीले सार्वजनिक गरेको तस्बिरमा एउटा गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक परेको देखिन्छ ।
दुर्घटना हुने बेला बाक्लो, हुस्सु र कुहिरो लागेको बताइएको छ । कमजोर दृष्यकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ ।
दुर्घटनास्थलबाट गाडीहरु पन्छाएर यातायात सन्चालन गर्न उद्धारकर्ताहरु सक्रिय भएको समाचारमा चिनियाँ समाचार एजन्सीहरुले उल्लेख गरेका छन् ।