काठमाडौं । विश्व फुटबलमा एक स्थापित नाम हो– पेले अर्थात एडसन आरेनटेस दो नासिमेन्टो । २३ अक्टुबर १९४० मा ब्राजिलको स्टेट अफ मिनिस गेरैसमा जन्मेका पेलेले सन् २०२२ डिसेम्बर २९ मा प्राण त्याग गरे ।
८२ वर्षिय पेलेलाई आफ्नो खेल जीवनमा ‘फुटबलको राजा’ भनेर पनि चिनिन्थ्यो । ब्राजिलले ४ वटा विश्वकप खेल्दा पेलेले ३ वटा विश्वकप आफ्नो देशलाई जिताउन सफल भए ।
उनले सन् १९५८ मा स्विडेनमा भएको विश्वकप , सन् १९६२ मा चिलीमा भएको विश्वकप र सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा उपाधि जितेका थिए। पेले विश्व फुटबलको इतिहासमा सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीको भिडमा उच्च स्थानमा छन् ।
सन् १९५६ निकै सानो स्तरमा रहेको क्लब सान्टोसमा आबद्ध भएका उनले क्लबलाई विश्व जगतमा निकै चर्चित बनाउन महत्वपूर्ण भूमिका खेले । पहिलो विश्वकप केवल १७ वर्षमा जितेका उनलाई कालो मोतीका रुपमा समेत धेरैले चिन्ने गर्छन् ।
फुटबलको तेज गतिका खेलाडीसँगै मन्द मुस्कान र विनम्रताका कारण पेले विश्वका प्रशंसकहरूको मन–मस्तिष्कमा बस्न सफल छन् । आफ्नो २१ वर्षे खेल जीवनमा १ हजार ३ सय ६३ खेल खेलेका उनले १ हजार २ सय ८१ गोल गर्दै किर्तिमान पनि राखेका छन् ।
एउटै खेलाडीले ३ पटकसमम विश्वकप जिताएको रेकर्ड उनकै नाममा छ । उनले देशका लागि ९२ म्याचमा ७७ गोल गरेका छन्।