नयाँ दिल्ली । जनवरी १ देखि भारत भ्रमणमा जाने यात्रुले कोरोना(कोभिड-१९) परिक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको पेस गर्नुपर्ने भएको छ ।
कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै चीन र अन्य पाँच देशहरूबाट भारत जाने यात्रुहरूले आगमन अघि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था गरेको हो ।
चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिङ्गापुर र थाइल्याण्डबाट आउने यात्रुले प्रस्थान गर्नुअघि आफ्नो रिपोर्ट एयर सुविधा पोर्टलमा पठाउनुपर्ने स्वास्थ्यमन्त्री मनसुख मण्डवीयले बताए ।
परीक्षण भरतमा यात्रा सुरु गरेको ७२ घन्टाभित्रको हुनुपर्छ । चीनमा कोभिड संक्रमणका घटनाहरु बढिरहेको बेला भारतले पछिल्लो कदम चालेको हो । नयाँ कोभिड भेरियन्ट बीएफ ७ का कारण संक्रमणमा बृद्धि भएको विज्ञहरुको भनाई छ ।
संक्रमणका कारण चीनका अस्पतालहरू बिरामीले भरिएका छन् । एकै दिन एउटा सहरमा लाखौँ संक्रमित भेटिएका छन् ।