काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले राजधानीका विभिन्न स्थानमा घरघरमै पुगेर बीमाबारे जानकारी दिएको छ । राजधानीको क्षेत्रपाटी क्षेत्रअन्तर्गत नरसिंहचोक, सातघुम्ती, जेपी स्कुलरोड तथा अन्य स्थानमा नेकोले बीमा किन र केका लागि गर्ने भन्नेबारे जानकारी दिएको जनाएको छ ।
कम्पनीले बीमाबारे जानकारी दिन आफ्ना कर्मचारीलाई उक्त स्थानमा खटाएको थियो । पछिल्लो समय बीमाबारे भ्रामक कुराहरु गरेर बिमा गर्ने एजेण्ट तथा कम्पनीले नै जनता ठगीमा समेत परेको भन्ने गुनासो आएको भन्दै नेकोले बीमा गर्ने वातावरण निर्माण गर्न र बीमाबारे जनतालाई जानकारी दिएको जनाएको छ ।
बीमाबारे जानकारी र रक्षाबरणबारे जानकारी दिन नेकोले सचेतना कार्यक्रम गर्दै आएको जनाएको छ । नेकोले २३ वर्षदेखि बीमा क्षेत्रमा काम गर्दै आएको छ ।