काठमाडौं । नेपाल टी–२० लिगमा आइतबार भएको खेलमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ । लिगमा यो काठमाडौंको तेस्रो जित हो ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनायो । काठमाडौंका लागि ओपनर सुनम गौतमले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । ¥यान बर्लले ६१ रनको अविजित पारी खेले । एलेक्स ब्लेकले १२ बलमा २० रन बनाए ।
जनकपुरका लागि जितेन्द्र मुखियाले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ विकेट लिए । सराफुदिन असरफ र त्रिभोन ग्रिफ्दले समान १–१ विकेट लिए ।
काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा ९० रन बनाउँदै अलआउट भएको थियो । जनकपुरका लागि सराफुदिन असरफले सर्वाधिक ३७ रन बनाए भने सोमपाल कामीले २१ रन बनाए । काठमाडौंका लागि अभिनाश बोहोराले सर्वाधिक ४ विकेट लिएका थिए ।