Logo
Logo

लागूऔषध मुद्दामा ९७ जनालाई अभियोग


819
Shares

एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको संगति महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागूऔषध अपराधको अभियोग लगाइएको छ । सोमबार जारी गरिएको विज्ञप्तिअनुसार, न्यु साउथ वेल्स राज्यको पुलिसले आइतबार आयोजित उत्सव कार्यक्रममा लक्षित अपरेसन शुरु गरेको थियो ।

सिड्नीको पूर्वी किनारमा भएको यस कार्यक्रममा २७ हजार भन्दा बढी मानिसहरूलाई आकर्षित भएका समाचारमा जनाइएको छ । ९७ जनाले एमडीएमए, एम्फेटामाइन, गाँजा, कोकिन, एक्स्टेसी, एलएसडी, केटामाइन र साइलोसाइबिन लगायतका अवैध लागूऔषध ओसारपसार गरेको प्रहरीले जनाएको छ । तीमध्ये तीन जना लागूऔषध ओसारपसार मुद्दामा पक्राउ परेका छन् ।

एक २१ वर्षीय पुरुषसँग १५ वटा एमडीएमए क्याप्सुल, अर्का एक पुरुषसँग ९ वटा क्याप्सुल र २५ वर्षीया महिलासँग ५ वटा एमडीएमए क्याप्सुल बरामद भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्