Logo
Logo

जेसिबीको ठक्करबाट एक बालकको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

चरिकोट, ५ असोज । दोलखाको बिगु गाउँपालिका–८ चिलंगामा जेसिबीको(सडक निर्माण डोजर) ठक्करबाट एक बालकको ज्यान गएको छ ।
बिगु गाउँपालिका–८ चिलंगास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिबार ४ बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका चार वर्षीय छोरा रोजन खड्कालाई जेसिबीले ठकर दिएको र घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेश बोहोराले जानकारी दिनुभयो ।
मृतक बालकको शव परीक्षणका लागि चरिकोट ल्याइएको र ठक्कर दिने बा३क १२०६ नंको जेसिबी ब्याक लोडर सिंगटी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्