Logo
Logo

उपसचिव र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा


1.5k
Shares


काठमाडौं । सुनसरीको वर्जु गाउँपालिका वडा नं. ६ चिमडीस्थित रहेको श्री माध्यमिक विद्यालय, चिमडी सुनसरीका प्रधानाध्यापकले प्रदेश सरकारवाट छात्रा शौचालय निर्माणको लागि विनियोजित बजेटबाट शौचालय निर्माणसमेतको हिसाव किताव सार्वजनिक नगरी हिनामिना गरेको छन् ।

विद्यालयका तत्कालीन प्रधानाध्यपक राम विलास यादव, शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका तत्कालीन सव–इन्जिनियर निरज कुमार झा र शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका तत्कालीन प्रमुख रमेश बहादुर दाहालले प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयवाट शिक्षा विकास तथा समन्वय इकाई, इनरूवा, सुनसरीमार्फत् गरेको सम्झौता विपरीत गलत मनसायले शौचालय निर्माण कार्यको निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गर्ने गराउने, लागत अनुमान र सम्झौता विपरीत कार्य गरी गराई वास्तविक कार्यभन्दा बढी रकमको कार्य सम्पन्न मूल्याङ्कन प्रतिवेदन तयार गरी एक लाख ८६ हजार ७ सय ७६ रुपैयाँ भ्रष्टाचार गरेका हुन् ।


तत्कालीन प्र.अ. राम विलास यादव, शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका तत्कालीन सव–इन्जिनियर निरज कुमार झा र शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका तत्कालीन कार्यालय प्रमुख उप–सचिव रमेश बहादुर दाहालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) को देहाय (ग) र (ङ) बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा निजहरुलाई उल्लिखित कसुरमा बिगो रु.१,८६,७६५।९६ (एक लाख छयासी हजार सात सय पैसठी रूपैयाँ र छयानव्वे पैसा) कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम कैद एवं जरिवाना गरी कायम भएको विगो समेत सोही दफा बमोजिम निजहरुबाट असुल उपर हुनसमेत मागदाबी लिई मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्