Logo
Logo

सेलो गायक विश्व दोङको ‘हेर्दैमा राम्री’ (भिडियो)


1.6k
Shares

काठमाडौं । बरिष्ठ सेलो गायक एवं संगीतकार विश्व दोङले ‘माया भन्दा ठुलो जात हैन’ बोलको गीत पछि ‘हेर्दैमा राम्री’को भिडियो सार्वजनिक भएको छ ।

नेपाली सेनाको पोसाकमा गायक दोङ आफैँले अभिनय गरेको उक्त भिडियोमा अध्ययनको क्रममा जापान बस्दै आएकी मोडल सोङ्मित थिङले साथ दिएकी छन् । सुन्दरी चटपटेवालीले चटपटे खाना आएका आर्मीलाई मनमनै मन पराएको भावलाई भिडियोमा कलात्मक ढंगले निर्देशक अभि लामाले प्रस्तुत गरेका छन् ।

जनबादी गायिका कमला दोङको स्वर रहेको उक्त गीतको भिडियोको छायांकन जर्सिङपौवाको रमणीय स्थलमा गरिएको छ । यस गीतको शब्द कुमार बोम्झनले लेखेका हुन् भने गायक दोङकै संगीत रहेको छ ।

युट्युबमा अडियोमात्रै करिब ३१ लाखले हेरिसकेको उक्त गीतको भिडियोलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिइरहेको गायक दोङले बताएका छन् । भिडियो विश्व दोङको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्