Logo
Logo

एआइजी बढुवा तत्काल नहुने ?


9.9k
Shares


काठमाडौं । डिआइजीहरु बढुवाको दौडधुपमा रहेका बेला गृह मन्त्रालयले उनीहरुको सरुवा गरेको छ । एआइजी बढुवाका प्रमुख दाबेदारहरुलाई गृहले प्रदेश इन्चार्जमा खटाएको छ ।


गृहले बिहीबार १७ डिआइजीको काज सरुवा गरेको छ । सरुवामा सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । जसअनुसार डिआजीमा पहिलो नम्बरमा रहेका बसन्त कुँवरलाई मधेस प्रदेश, दोस्रो नम्बरका टेकप्रसाद राईलाई लुम्बिनी, तेस्रो नम्बरका अशोक सिंहलाई सुदुरपश्चिम चौथो नम्बरका दीपक थापालाई बागमती र पाँचौ नम्बरका श्यामलाल ज्ञवालीलाई १ नम्बर प्रदेशमा सरुवा गरिएको छ ।


त्यस्तै, गण्डकीमा बुद्धिराज गुरुङ र कर्णालीमा भिम प्रसाद ढकालको सरुवा भएको छ ।
त्यस्तै बिशेष ब्यूरोमा सुदीप गिरी, भरतपुर तालिम केन्द्रमा दुर्गा सिंह, र एयरपोर्टमा किरण राणलाई पठाइएको छ ।


हाल प्रहरीमा एआइजीका चार दरबन्दी रिक्त छन् । रिक्त दरबन्दीमा तत्काल बढुवा हुने सम्भावना नभएकाले उनीहरुलाई प्रदेशमा खटाएर कार्यसम्पादन मूल्याङकन गर्न लागिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्