काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रमा उदाउँदो गायिका गंगा लिम्बू र गायक विवस नेम्बाङको सुमधुर स्वरमा नयाँ लिम्बू भाषाको गीत सार्वजनिक भएको छ ।
गायक तथा संगीतकार यादन सेर्मा नुनाम र हाङसेन लिम्बूको शव्द तथा हाङसेन लिम्बूको संगीत रहेको ‘माङघा वाआसाङ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ । किङग् स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतका रेकर्डिष्ट सुरेश राईले हुन् ।
कुष्ण थलङको छायाँकन तथा सम्पादन रहेको यस स्टुडियो भिडियोलाई गायक विवस नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । गीत सार्वजनिक गरेपछि गायिका गंगाले भनिन्, ‘यो मेरो पछिल्लो गीत हो, कृपया सुनेर प्रतिक्रिया दिनुहोला ।’
तेह्रथुमकी गायिका गंगाले लिम्बू भाषाका साथमा नेपाली गीतसंगीतमा पनि सक्रिय छिन् । गायिका गंगाको ‘माङघा वाआसाङ’ पछिल्लो गीत हो । माधुर्य स्वरकी धनी गंगा भन्छिन्, ‘कलाकारको भविष्य भनेको दर्शक तथा श्रोताको हातमा हुन्छ । त्यसैले यो गीत उहाँहरुप्रति नै समर्पित गरेकी छु ।’ ‘माङघा वाआसाङ’को दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया आइरहेको उनको भनाइ छ ।