राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिटिमेड, कृषि विकास बैंक र नेपाल औद्योगिक विकास निगम पञ्चायतकालमै नेपालको आर्थिक विकासलाई टेवा पु¥याउने उद्देश्यले खुलेका वित्तीय संस्थाहरु हुन् । पञ्चायतकालमा यी बैंकहरु जसोतसो चले पनि ०४७ सालमा बहुदलीय व्यवस्था आएपछि यी बैंकहरुका लागि काल बन्यो । बैंकहरुमा चर्को राजनीतिक हस्तक्षेप हुन थाल्यो । विभिन्न राजनीतिक दलले कर्मचारी संघ संगठन खोल्न थाले । ती कर्मचारीहरुले आफ्नो सेवा सुविधाका लागि विभिन्न मागहरु राखेर आन्दोलन, धर्ना दिन थाले । ऋण लिन विभिन्न पार्टीका नेता, कार्यकर्ताले व्यवस्थापनमा दबाब दिन थाल्यो । यसैबीच निजी क्षेत्रमा धमाधम नयाँ–नयाँ बैंकहरु खुल्न थाले । निजी क्षेत्रका बैंकहरु आधुनिक बैंकिङ प्रणालीमा आधारित थिए । निजी क्षेत्रका बैंकहरुसँग पुराना बैंकहरुले प्रतिस्पर्धा गर्न सकेनन् । अर्थात्, समयानुकूल सरकारी बैंकहरुले आफूलाई ढाल्न नसक्दा नयाँ ग्राहक आकर्षण गर्न सकेनन् । पुराना ग्राहकहरुलाई दिएको ऋण पनि उठाउन सकेनन् । जसले गर्दा सरकारी बैंकहरु धराशायी हुने स्थितिमा पुग्यो ।
बैंकको अहिले देशभरि २०४ वटा एटिएम मेसिन छन् । जुन सुरक्षित र भरपर्दो छ भन्ने कुरा केही दिन अगाडि मात्र चिनियाँ ह्याकरहरुले अन्य निजी क्षेत्रका बैंकको एटिएमबाट करोडौँ रुपैयाँ झिक्न सफल भए पनि हाम्रो ठमेल शाखाबाट रकम झिक्न असफल भए । ह्याकरले प्रयोग गरेको कार्ड हाम्रो एटिएमले स्वीकार गरेन । त्यति मात्र होइन, हाम्रो सफलताले सरकारी बैंकप्रतिको विश्वास पनि बढाएको छ । कर्जा लिन आउनेहरुले अरु बैंकले जस्तो सजिलोसँग कर्जा दिँदैन भन्ने गुनासो गर्छन् ।
नेपाल औद्योगिक विकास निगम त बन्द नै भयो । धराशायी बन्ने लाममा बसेका नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकलाई जोगाउन सरकारलाई हम्मेहम्मे प¥यो । त्यसैबीच नेपाल राष्ट्र बैंकले यी दुईवटा बैंकको व्यवस्थापनमाथि हस्तक्षेप गरेर विदेशी व्यवस्थापनलाई बैंकिङ सुधारको जिम्मा दियो । यो करिब २०५७ सालतिरको कुरा हो । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको व्यवस्थापन विदेशीको हातमा गएपछि राजनीतिक हस्तक्षेप बन्द भयो । कर्मचारी युनियनले पनि बन्द हड्ताल बन्द गरे । सबै कर्मचारीले आफ्नो भविष्यका लागि पनि बैंकिङ सुधारको पक्षमा साथ दिए । क्रमशः ती बैंकहरुको आन्तरिक व्यवस्थापन सुधार हुँदै गयो । खराब कर्जा उठ्न थाल्यो । नयाँ–नयाँ क्षेत्रमा लगानीको वातावरण बन्यो । विगतका यी सबै घटनाक्रमलाई नजिकैबाट नियालिरहेका राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठले नजिकैबाट नियालीरहेका थिए । २०४३ साल भदौ ३१ गते सहायक प्रबन्धकमा खुला प्रतिस्पर्धाबाट जागिरे जीवन सुरु गरेका श्रेष्ठले २८ वर्ष नेपाल बैंकमा बिताए । त्यहाँबाट अवकाश हुनुअगाडि उनले त्यस बैंकको महाप्रबन्धकको जिम्मेवारी पनि सम्हाले । नेपाल बैंकलाई धराशायी हुनबाट जोगाउन उनले दिनरात मेहेनत गरे । विदेशी व्यवस्थापनसँग मिलेर काम गरे । त्यही अनुभवले उनलाई राष्ट्रिय वाणिज्य बैंकमा सफलता मिल्यो । ०७३ साल चैतमा उनी राष्ट्रिय वाणिज्य बैंक प्रवेश गर्दा बैंकमा १ खर्ब ४४ अर्ब निक्षेप थियो । जसमध्ये ८४ अर्ब मात्र कर्जा लगानी थियो । अहिले बैंकमा १ खर्ब ९० अर्ब निक्षेप छ । १ खर्ब ४४ अर्ब लगानी भएको छ । त्यसैको प्रतिफल हो ५ अर्बको मुनाफा । गत साउन मसान्तसम्मको तथ्यांकमा नेपालको सबैभन्दा बढी मुनाफा गर्ने बैंक बनेको छ, रावा बैंक । यस सफलता पछाडिको कारणबारे श्रेष्ठ भन्छन्, म यहाँ आउँदा बैंकको नाफा ३ अर्बको हाराहारीमा थियो । म आएपछि ५ अर्ब पुग्नुमा धेरै कारणहरु छन् । त्यसमध्ये एउटा कारण भनेको लगानी नै हो । यो तीन वर्षमा धेरै बैंकहरुमा तरलता अभाव भयो । ५÷१० करोड पनि लगानी गर्न धौधौ प¥यो, अन्य बैंकहरुलाई । त्यसबीच हामीले मध्यम खालका लगानीलाई प्राथमिकतामा राख्यौं । र, १ खर्ब ४४ अर्ब लगानी ग¥यौं । सानो लगानीमा जोखिम पनि कम हुने र केही गर्छु भन्ने उद्यमी, व्यापारीलाई हौसला पनि मिल्ने भएकोले हामीले त्यस्तो सोच राख्यौं । परिणाम पनि त्यस्त आयो । श्रेष्ठ भन्छन्, एनआईडिसी रावा बैंकमा गाभिएपछि खराब कर्जाको दरपनि बढ्यो । नभए त्यो भन्दा बढी मुनाफा हामीले कमाउँथ्यौं । अहिले खराब कर्जाको मात्रा ३.९ प्रतिशत छ । यो वाणिज्य बैंकको भन्दा पनि एनआईडिसीको बढी हो । एनआईडिसीले सरकारी स्वामित्वका संस्थानहरुमा धेरै लगानी गरेको छ । ती संस्थानहरु डुबिसकेको अवस्था भएकोले खराब कर्जाको मात्रा बढी देखिएको हो । क्रमशः ती पुराना कर्जा उठाउन पनि हामीले सरकारसँग पहल गरेका छौँ ।
बैंकलाई यो उचाइमा पु¥याउन कार्यकारी प्रमुख श्रेष्ठको मात्र नभई त्यहाँका कर्मचारीहरुको पनि उत्तिकै हात छ । श्रेष्ठ आउनु अगाडि बैंकमा २९ सय कर्मचारी थिए । अहिले २३ सय कर्मचारी छन् । त्यही जनशक्तिले २३६ शाखाबाट सेवा पु¥याइरहेका छन् । बैंकको अहिले देशभरि २०४ वटा एटिएम मेसिन छन् । जुन सुरक्षित र भरपर्दो छ भन्ने कुरा केही दिन अगाडि मात्र चिनियाँ ह्याकरहरुले अन्य निजी क्षेत्रका बैंकको एटिएमबाट करोडौँ रुपैयाँ झिक्न सफल भए पनि हाम्रो ठमेल शाखाबाट रकम झिक्न असफल भए । ह्याकरले प्रयोग गरेको कार्ड हाम्रो एटिएमले स्वीकार गरेन । त्यति मात्र होइन, हाम्रो सफलताले सरकारी बैंकप्रतिको विश्वास पनि बढाएको छ । कर्जा लिन आउनेहरुले अरु बैंकले जस्तो सजिलोसँग कर्जा दिँदैन भन्ने गुनासो गर्छन् । तर, त्यस्तो होइन, हामीले कागजपत्रका साथै ऋणीले लगानी गर्न खोजेको कामको क्षेत्रको सुक्ष्म अध्ययन पनि गर्छौँ, त्यसैले केही समय ढिलो होला तर दुःख दिने नियत हाम्रो होइन श्रेष्ठ भन्छन् ।
संखुवासभामा जन्मिएका श्रेष्ठ सादा जीवन, उच्च विचारका व्यक्ति हुन् । उनको यही स्वभावका कारण उनी जहाँ जान्छन्, उद्यमी, व्यवसायी पनि उनकै पछि लाग्छन् । उनी भन्छन्, सरल जीवन र इमान्दारिता नै व्यावसायिक जीवनको सफलताको सूत्र हो ।