Logo
Logo

विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौं : यती एयरलाइन्स


693
Shares

काठमाडौं । यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ ।

एयरलाइन्सले आज एक सूचना जारी गरी माघ १ गते आइतबार बिहान काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन-एएनसी एटिआर-७२-५०० वायुयान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त हुँदा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको हो ।

सो एयरलाइन्सले अकाल्पनिक दुर्घटनामा परी दिवंगत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

दुःखद घडीमा एयरलाइन्सले शोकाकुल परिवार, इष्टमित्र, साथीभाइ तथा आफन्तजनमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामनासमेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्